ad ad

राजनीति


स्वास्थ्य मन्त्रालयले माग्यो सातै प्रदेशका लागि कर्मचारी (सूचनासहित)

स्वास्थ्य मन्त्रालयले माग्यो सातै प्रदेशका लागि कर्मचारी (सूचनासहित)

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ३:२८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ।

कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले ३ महिनाका लागि विभिन्न पदमा १ सय ९१ कर्मचारी माग गरेको हो।

बिहीबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो।

बिरामी प्रोफाइल, प्रयोगशालासम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहाेला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .