भारतको रिपब्लिक टीभीका अर्नव गोस्वामीविरुद्ध महिला प्रहरीलाई पिटेको आरोपमा एफआईआर दर्ता भएको छ।
बुधबार बिहान उनलाई पक्राउ गर्न मुम्बईस्थित निवासमा प्रहरी पुगेको थियो। त्यहीँ उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ।
प्रहरीले बिहानै गोस्वामीलाई पक्राउ गरेको छ। उनीमाथि आत्महत्या दुरुत्साहनको आरोप छ।
दुई वर्षअघि दुई व्यक्तिले सुसाइड नोटमा गोस्वामीलगायतले भुक्तानी नदिएको आरोप लगाएका थिए।
फाइल बन्द गरिसकिएको सो मुद्दामा महाराष्ट्र सरकारले पुनः अनुसन्धान सुरु गरेको हो। एजेन्सी
प्रतिक्रिया