गण्डकी प्रदेशका कांग्रेस सभासदहरुले दसैँ भत्ता नलिने घोषणा गरेका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले मंगलबार दशैँ भत्ता वापतको रकम नलिने घोषणा गरेको हो।
‘संकटको बेला दसैँ भत्ता लिन सुहाउँदैन र नैतिकताले पनि दिँदैन’, नेपाली कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्माले भने,‘ हामीले यसअघि नै कोरोना संकटभरको यातायात खर्च नलिने निर्णय गर्दै जनताप्रतिको उत्तरदायित्व पुष्टि गरिसकेका छौं। यातायात खर्च वापतको २ लाखभन्दा बढी रकम प्रदेश सरकारको खातामा फिर्ता गइसकेको छ। अहिलेको रकम पनि फिर्ता जान्छ।’
दशैँको मुखमा सांसदहरु बाहिर रहेकाले तत्काल रकम फिर्ता गर्न नसकिए पनि घोषित रकम समय मिलाएर फिर्ता गर्ने उनले बताए। गण्डकी प्रदेशसभामा कांग्रेसका १५ जना सभासद रहेका छन्।
33
Shares
प्रतिक्रिया