सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनले ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।
यही असोज १४ र १५ गते संयोजक रामप्रसाद सापकाेटा दीपशिखाको अध्यक्षतमा बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक र सहसंयाेजक समेत तोकेको हो।
बैठकले केन्द्रीय सदस्यमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई मनोनित गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले महानगर तथा उपमानगरका इन्चार्ज र संयोजक पनि तोकेको छ।
त्यस्तै विभागमा भने साविक युवा संघले १६ वटा विभाग र साविक वाईसियलले १५ वटा विभागको जिम्मेवारी पाएको छ ।
प्रतिक्रिया