चीन र अमेरिकाबीच बढ्दो तिक्तताबीच अमेरिकी विदेशमन्त्रीको पछिल्लो धारणा सार्वजनिक भएको हो।
वासिङ्टनस्थित थिंक ट्यांक संस्था एटलान्टिक काउन्सिलसँगको कुराकानीमा पोम्पिओले विश्वव्यापी प्रभुत्व जमाउने चीनको स्वार्थलाई विश्वभरका मानिसले पहिचान गरिसकेको बताए।
पछिल्लो समय पोम्पिओ चीनप्रति निकै आक्रमक देखिँदै आएका छन्। पोम्पिओले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति नभनेर चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव भनेर सम्बोधन गरिरहेका छन्।
‘विश्व ब्युँझिएको छ र मेरो विचारमा परिस्थिती बदलिएको छ’ पोम्पिओले भनेका छन्,‘मलाई यो लाग्छ कि चिनियाँ कम्युनिस्ट पार्टीले देखाएको त्रासका कारण विश्वमा ठूला बदलाव देखिएको हो।’
उनले गतहप्ता एटलान्टिक काउन्सिलसँगको कुराकानीमा चीन अमेरिकाको आर्थिक र राष्ट्रिय सुरक्षाको लागि खतरा भएको अरोप लगाएका थिए।
पोम्पिओले भनेका छन्,‘चिनियाँ कम्पनीलाई त्यहाँको सरकारले साथ दिएको छ। यी कम्पनीहरु अमेरिकी प्रविधिको नक्कल गर्दछन् र तीनै प्रविधि सामग्री अमेरिका र विश्वलाई बेच्दछन्।’
अमेरिकाले चिनियाँ प्रविधि कम्पनी र एपलाई जासुसीको माध्यम पनि भन्ने गरेको छ। त्यसकारण अमेरिकाले चीनका प्रविधि कम्पनी र एप्सहरुमा प्रतिबन्ध पनि लगाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया