ad ad

कारोबार


डिश मिडिया र हिमालबीच टेलिभिजन कार्यक्रमसम्बन्धी समझदारी

डिश मिडिया र हिमालबीच टेलिभिजन कार्यक्रमसम्बन्धी समझदारी

नेपालखबर
असोज ५, २०७७ सोमबार १०:८,

डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडिया प्रालीबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारसम्बन्धी समझदारी भएको छ। समझदारी अनुसार हिमालमिडियाद्वारा उत्पादित अडियो भिजुअल कार्यक्रम डिश मिडियाबाट प्रसारित हुनेछन्। 

डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालका प्रकाशक कनकमणि दीक्षितद्वारा हस्ताक्षरित समझदारी अनुसार हिमालले समसामयिक विषयमा उत्पादन गर्ने अडियो–भिजुअल कार्यक्रमहरू डिश मिडिया मार्फत प्रसारण हुनेछन्।

‘देशभित्रै निर्माण गरिएका कार्यक्रमहरूको प्रसारण बढाउँदै लैजाने नीति अनुरूप हिमालसँगको समझदारी बनेको हो’ डिश मिडियाका अध्यक्ष ढकाल भन्छन्, ‘समसामयिक विषयहरूमाथिको अनुसन्धान, विश्लेषण र प्रस्तुतिमा हिमालको समाचार कक्षको दक्षताले हामीलाई आकर्षित गरेको हो।’

dis himal

ढकालका अनुसार हिमाल बाट उत्पादित कार्यक्रमहरूमार्फत देशभित्रको अडियो भिजुअल कार्यक्रम उत्पादनको प्रवृत्तिमै सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

हिमालका प्रकाशक दीक्षितका अनुसार लामो समयदेखि प्रिन्ट र केही हदसम्म डिजिटलको अनुभव सँगालेको हिमाल का लागि यस्ता कार्यक्रम निर्माण चुनौती त हो नै सँगै अन्तर्राष्ट्रियस्तरको अडियो भिजुअल उत्पादन र प्रसारणमा नेपालीहरू सक्षम छन् भन्ने स्थापित गर्ने अवसर पनि हो।

‘बन्दाबन्दीका कारण हामीले प्रिन्ट प्रकाशन स्थगनको दुःखद निर्णय गरेका थियौं’ दीक्षित भन्छन्, ‘तर धेरै अध्ययनहरूबाट डिजिटल र त्यसमा पनि टेलिभिजनको पहुँच बढ्दो देखेपछि यो कार्यक्रममार्फत हामी पनि अडियो भिजुअलमा प्रवेश गरेका हौं।’

हिमाल मिडिया अन्तर्गत हाल लिंक हेर्नुहाेस् समाचार पोर्टल सञ्चालनमा छन्। विगत दुई दशक भन्दा बढी समयदेखि साप्ताहिक हिमाल खबरपत्रिका र नेपाली टाइम्स विक्ली प्रकाशन गर्दै आएको हिमालले कोभिड–१९ को संक्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी लगाएसँगै हाललाई उक्त दुवै प्रकाशन स्थगन गरेको छ।

डिसहोम, विगत १० वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई अग्रणी स्थानमा रही नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको एउटा सफल संस्था हो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका अलावा ग्राहकहरुको मनोरञ्जनका लागी विभिन्न एक्सक्लुसिभ च्यानलहरुका साथै घरमै बसि नयाँ नयाँ चलचित्रहरु हेर्न सकिने पेपरभ्यु जस्ता सेवाहरु प्रदान गरिरहेको डिशहोमले हिमाल मिडियासंगको सहकार्यबाट आफ्ना ग्राहकहरुले उत्कृष्ट स्वदेशी कार्यक्रमहरु हेर्न पाउने विश्वास गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .