ad ad

कारोबार


ललितपुरका वर्कशप व्यवसायीले स्मार्ट सहर बनाउन सहयोग गर्ने

ललितपुरका वर्कशप व्यवसायीले स्मार्ट सहर बनाउन सहयोग गर्ने

नेपालखबर
असोज ५, २०७७ सोमबार १०:८,

ललितपुरका वर्कशप व्यवसायीले स्मार्ट सहर बनाउन सहयोग गर्ने भएका छन्।

ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको अभियानलाई व्यवसायीले सहयोग गर्ने बताएका हुन्।

ट्राफिक प्रहरीमा राम्रो काम गरेका हाछेथुलाई अवकाशपछि ललितपुर महानगरले प्रहरी प्रमुखमा नियुक्त गरेको थियो। उनले पदभार ग्रहण गरेलगत्तै ललितपुरका सडक तथा पेटीमा वर्कशपसम्बन्धी काम गर्न नपाउने बताएका थिए।

श्री नेपाल अटोमेकानिक्स संघका अध्यक्ष राजकुमार विकले सबै व्यवसायी ललितपुरलाई सफा र स्मार्ट सहर बनाउन हाछेथुलाई सहयोग गर्न तयार रहेको बताए।

‘ललितपुरका सबै वर्कशपसम्बन्धी व्यवसायीहरुको महानगर प्रहरी प्रमुखसंग छलफल भएको छ’, राजकुमारले भने, ‘महानगरलाई हाम्रो पूर्ण सहयोग हुन्छ।’

सोमबार वर्कशप व्यवसायी र प्रहरी प्रमुख हाछेथुले छलफल गरी एक अर्कोलाई सहयोग गर्ने समझदारी भएको थियो।

वर्कशप व्यवसायीका अनुसार साधारण कामबाहेक सबै काम वर्कशपभित्र हुनेछन्। सडक र पेटी सफा राखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .