इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेलमा आज राति रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दै छन्।
खेल नेपाली समयअनुसार पौने ८ बजे दुबईमा हुनेछ।
बैंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिनेछन्। यी २ टोलीबीच आईपीएलमा १५ खेल भएको छ। तीमध्ये हैदराबाद ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ। एक खेल नतिजाविहीन छ।
अहिलेसम्मको नतिजा हेर्दा दुवै टोलीको प्रमुख हतियार ब्याटिङ हो। गत वर्ष लिग चरणको पहिलो खेलमा ओपनर जोनी बेस्ट्रो र डेभिड वार्नर दुवैको शतकमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
3
Shares
प्रतिक्रिया