प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ।
सोमबार आएको पीसीआर रिपोर्टमा घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
संक्रमणपछि मन्त्री घिमिरे आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन्।
‘भोलि उहाँलाई अस्पताल लैजाने कि भन्ने तयारी भएको छ। आज उहाँले अस्पताल जानुभएन, निवासमै बस्छु भन्नुभयो।’ स्रोतले भन्यो।
मंगलबार मन्त्री घिमिरेको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाव लिने तयारी भएको छ।
केही मन्त्रीदेखि प्रदेश सचिव, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी घिमिरेको सम्पर्कमा रहने गरेका छन्।
प्रतिक्रिया