ad ad

राजनीति


सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

नेपालखबर
भदौ ८, २०७७ सोमबार १४:५९,

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाई सुरक्षित ठाउँमा स्थायी स्थानान्तरण गरिने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको सभामुखको सचिवालयले जनाएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यबस्था गर्ने सो सचिवालयले जनाएको छ।

त्यस्तै जोखिमयुक्त बस्तिबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यबस्थापनको काम गर्ने छ।

साे छलफलमा जुरे पहिरो पीडितका लागि सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितहरुको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निक्र्यौल पनि गरिएको छ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्वाङ, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङ सहभागी थिए।

त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, वागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, वागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ पनि सो छलफलमा उपस्थित थिए।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा, बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको पनि सहभागी थिए।

सिन्धुपाल्चोक जिल्लामा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको र २६ अझै बेपत्ता रहेको सो सचिवालयले जनाएको छ। त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .