सिरहामा कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु भएको छ।
सिरहाको लहान नगरपालिका वडा नंं २४ का २२ वर्षीय ती युवकको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार दिउँसो मृत्यु भएको हो।
मुटुरोगी ती युवकको स्वास्थ्य अवस्था खराब भएपछि भदौ २ गते धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो।
सोमबार ती युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको केहि समयपश्चात मृत्यु भएको सिरहा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
उनले ती युवकको मृत्युको खबर दिउँसो साढे ३ बजेतिर पाएको बताए।
उनको अहिलेसम्म कुनै ट्राभल हिस्ट्रि (यात्रा विवरण) को विषयमा केहि जानकारी नभएको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ।
यससंगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि बुधबार कोरोना संक्रमणबाट मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषको मृत्यु भएको थियो। तर उनको मृत्यु भएको तीन दिनपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया