ad ad

राजनीति


नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव परिवर्तन हुने

नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव परिवर्तन हुने

मणि दाहाल
साउन ५, २०७६ आइतबार १३:४५,

नेपाल कम्युनिष्ट पार्टीको पाँच जिल्लाका अध्यक्ष र सचिव परिवर्तन गर्ने भएको छ। आइतबार भएको केन्द्रीय सचिवालयको बैठकले दुई अध्यक्ष र तीन सचिवलाई जिल्ला इन्चार्ज बनाएपछि सो स्थान नयाँ नेता छनौट गर्ने भएको हो।

यसरी परिवर्तन गर्न लागिएको पाँचै जना पूर्व माओवादीतर्फका नेताहरु हुन्। जिल्ला कमिटी अध्यक्ष तथा सचिव इन्चार्ज तोकिएको भए सो स्थानमा नयाँ अध्यक्ष वा सचिव तोकिने महासचिव विष्णु पौडेलले नेपालखबरलाई बताए।

‘एक दुई स्थानमा यस्तो रहेको छ। यो सानो संख्या हो। अध्यक्ष वा सचिवलाई इन्चार्ज र सह इन्चार्ज तोकिएको स्थानमा नयाँ नियुक्ति हुन्छ,’ उनले भने।

मोरङका सचिव गोपी अछामी सार्कीलाई सह इन्चार्ज तोकिएको छ। अछामी सचिव बनाएकोमा असन्तुष्ट थिए। त्यसैगरी महोत्तरीमा राजु खड्का, सर्लाहीमा डाचाराज वाग्ले, रौतहटमा युवराज भट्टराईलाई जिल्ला इन्चार्ज तोकिएको छ।

खड्का र भट्टराई सम्बन्धित जिल्लाका इन्चार्ज हुन् भने वाग्ले सचिव हुन्। केन्द्रीय सदस्य रहेको वाग्लेलाई सचिव बनाएपछि असन्तुष्ट रहँदै आएका थिए। त्यसैगरी धादिङका जिल्ला इन्चार्ज बनाइएका शालिकराम जम्ककट्टेले पहिले धादिङका सचिव रहेका थिए। उनी प्रदेश नम्बर तीनका गृह मन्त्री समेत हुन्।

मेयर नै इन्चार्ज
नेकपाले जितेको दुई महागरमापलिकाका मेयरलाई सोही महानगरका पार्टी इन्चार्ज तोकिएको छ। भरतपुरकी मेयर रेणु दाहाल र पोखराका मेयर मनबहादुर जिसीलाई सोही महानगरका लागि पार्टी नेतृत्वको जिम्मेवारी दिइएको छ। ६ नगरपालिका मध्ये नेकपाले तीन महागरपालिकाका जितेको छ।

renu dahalभरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल

नेकपाले महानगरपालिका कमिटीलाई जिल्ला कमिटी हैसियत प्रदान गरेको छ। काठमाडौं महानगरपालिकामा इन्चार्जमा जीवनराम श्रेष्ठलाई तोकिएको छ। त्यसैगरी ललितपुरमा सुशीला नेपाल, वीरगञ्जमा दिनेश राई, विराटनगरमा शिवकुमार मण्डललाई तोकिएको छ। राई बाहेक सबै सांसद हुन्।

मुख्यमन्त्री र मन्त्री जिल्ला इन्चार्ज
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटको इन्चार्ज तोकिएको छ। त्यसैगरी सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई स्याङजा जिल्ला इन्चार्ज तोकिएको छ।

दस महिला इन्चार्ज
नेकपाले दस महिला केन्द्रीय सदस्य जिल्ला इन्चार्ज तोकेको छ। तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखमा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, भरतपुर महागरपालिकामा रेणु दाहाल, ललितपुर महागनरपालिकामा सुशील नेपाल, स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा बलवती शर्मा, मुस्ताङमा श्रीमाया थकाली, कैलालीमा रुपा चौधरीलाई जिल्ला इन्चार्ज तोकिएको हो। राई, भुसाल,नेपाल, अर्याल, थकाली पूर्व एमालेबाट हुन्।

सिराहामा दस सह इन्चार्ज
नेकपाले १ सय ५३ केन्द्रीय सदस्यहरुलाई जिल्ला सह इन्चार्ज बनाएको छ। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा सबैलाई जिम्मेवारी बाँडफाँट गर्नका लागि ठूलो संख्यामा जिल्ला इन्चार्ज तोक्ने काम भएको हो। जिल्ला इन्चार्जमा सबैभन्दा बढी सिराहामा १० रहेका छन्।

काठमाडौं, दाङ, धनुषामा ९–९ जना जिल्ला सह इन्चार्ज रहेका छन्। कैलालीमा ७, महोत्तरीमा ६, कञ्चनपुरमा ५ सह इन्चार्ज तोकिएको छ।

नेकपाले १२ वटा जिल्लामा सह इन्चार्ज तोकेको छैन। ताप्लेजुङ लगायत १२ वटा जिल्लामा नेकपाले सह–इन्चार्ज तोकेको छैन। सह–इन्चार्ज नतोकेका जिल्लाहरुमा इलाम, धनकुटा, ओखलढुङ्गा, सप्तरी, नुवाकोट, मनाङ, पर्वत, म्यादी, मुस्ताङ, नवलपरासी पश्चिम, गुल्मी, र प्युठान रहेका छन्। त्यस्तै महानगरहरुमा पनि नेकपाले सहइन्चार्ज तोकेको छैन।

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .