ad ad

कारोबार


निगमको जापान प्रतिनिधिबाट हिराचन बर्खास्त

निगमको जापान प्रतिनिधिबाट हिराचन बर्खास्त

नेपालखबर
साउन ५, २०७६ आइतबार १३:१८,

नेपाल वायुसेवा निगमले देवमान हिराचनलाई निगमको जापान प्रतिनिधीबाट बर्खास्त गरेको छ।

देवमानलाई हटाएपछि निगमले जापानका लागि एआइजी कम्पनीलाई प्रतिनिधिको जिम्मा दिएको छ।

हिराचनले आफू प्रतिनिधि भएपछि जापानमा जीएसए (जनरल सेल्स एजेन्ट) का लागि माग राख्दै आएका थिए। एक साता अगाडि निगमको बोर्ड बैठकले हिराचनलाई प्रतिनिधि पदबाट हटाउने निर्णय गरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।

हिराचन एक दशक अगाडि नेपाल–जापान उडान क्रममा प्रतिनिधि पदमा नियुक्त भएका थिए।

माग थप्दै लगेपछि जिम्मेवारीबाट हटाइएको निगमले जनाएको छ। प्रतिनिधि भएपछि जीएसए बन्ने शर्त राखेका कारण उनलाई हटाएको प्रवक्ता  चन्दले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .