ad ad

राजनीति


गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन

गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार १२:५५,

सरकारले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उपत्यकामा कोरोना संक्रमण बढेको र त्यसलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न भन्दै समिति नै निर्माण गरेको हो। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका सहसचिव, भवन निर्माण विभागका प्रतिनिधि, सुरक्षा निकायका व्यक्तिहरु र क्वारेन्टिन रहने स्थानीय तहका व्यक्तिहरु रहने गरी समिति निर्माण भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

यसले क्वारेन्टिन निर्माण, मर्मत तथा व्यवस्थापन गर्नेछ भने यसको सुरक्षा नेपाली सेनाले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .