ad ad

राजनीति


वागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण

वागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण

नेपालखबर
भदौ १, २०७७ सोमबार १३:३३,

वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र उनको ९ वर्षीय छोरालाई कोरोना संक्रमण भएको छ।

सोमबार पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको वागमती प्रदेशले जनाएको छ। उनी हेटौंडामा रहेको घरमै आइसोलेसनमा बसेकी छन्।

तामाङ र उनको छोरालाई कोरोना संक्रमण भएपनी टीममा रहेका अरुको भने रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन्।

‘उहाँ र छोराको दुइ दिनअघि कोरोना परीक्षण गरिएको थियो’ थापाले भनिन्, ‘आज रिपोर्ट पोजिटिभ आयो दुइजना घरमै सुरक्षित रुपमा बस्नु भएको छ, स्वास्थ्य अवस्था सामान्य छ।’

तामाङलाई कोरोना कसरी सर्‍यो भन्ने खुलेको छैन। यसअघि गरिएको परीक्षणमा भने उनलाई कोरोना देखिएको थिएन। दोहोर्‍याएर गरिएको परीक्षणमा कोरोना देखिएको स्वकीय सचिव थापाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .