ad ad

कारोबार


विद्युतीय गाडीमा बढाइएको करमा सरकारले पुनर्विचार गर्ने

विद्युतीय गाडीमा बढाइएको करमा सरकारले पुनर्विचार गर्ने

नेपालखबर
भदौ १, २०७७ सोमबार १३:२५,

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा परिर्वतन गर्ने बताएका छन्। उनले विद्युत उत्पादन बढिरहेको अवस्थामा विद्युत खपत बढाउनपर्ने भएकोले विद्युतीय गाडीलाई प्रोत्साहन गर्न करको दर पुनर्विचार हुने बताएका हुन्।

नेपाल विदुत प्राधिकरणको ३५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्न लागेको जानकारी दिए। त्यसको लागि अर्थ मन्त्रालयसँग छलफल समेत भैरहेको उनले बताए।

सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७७।७८को बजेटमार्फत विद्युतीय गाडीको कर बढाएको थियो। सरकारले यसअघि विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार शुल्क लगाउने गरेकोमा बढाएर ८० प्रतिशतसम्म पुर्याएको छ।

विद्युतीय सवारीमा ५० देखि सय किलोवाटसम्म ४० प्रतिशत, सयदेखि १५० किलोवाटसम्म ५० प्रतिशत र १ सय ५० देखि २ सय किलोवाटसम्मको क्षमताको विद्युतीय सवारीमा ६० प्रतिशत र २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था बजेटमा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .