ad ad

राजनीति


इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

नेपालखबर
भदौ १, २०७७ सोमबार १२:९,

गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ। नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्ताेलन गरेका छन्।

झण्डोत्ताेलनमा वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सिमित संख्यामा उपस्थिति रहेको थियो।

नेपाल र गणतन्त्र इण्डोनेसियावीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

गणतन्त्र इण्डोनेसियाले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ।

नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ।

इण्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो। साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ। दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .