ad ad

राजनीति


पर्साका नेकपा नेतामा कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य गम्भीर भएपछि हेलिकप्टरबाट काठमाडौं

पर्साका नेकपा नेतामा कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य गम्भीर भएपछि हेलिकप्टरबाट काठमाडौं

नेपालखबर
साउन २१, २०७७ बुधबार १४:५९,

नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्लाका नेता अरविन्द सिंहलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

उनका भान्जा शिवजी गुप्ताका अनुसार सिंहलाई चार पाँच दिनदेखि खोकी लगायत स्वास्थ्य समस्या देखिएको थियो।

तर कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा त्यसमा कोरोना देखिएन।

मंगलबारदेखि स्वास्थ्य स्थिति झन् जटिल भएपछि प्रभु हस्पिटल भर्ना गरिएको थियो।

अस्पतालमा उपचारपछि पनि लक्षणमा सुधार देखिएन।

निमोनिया, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालले सुविधाप्राप्त अस्पतालमा उपचार गराउन सुझाव दिएका कारण उनलाई काठमाडौं ल्याइएको उनका भान्जा शिवजी गुप्ताले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .