ad ad

कला


‘के माया लाग्छ र’ टिमको अर्को म्युजिकल फिल्म ‘तिनपाते’ (भिडियो)

‘के माया लाग्छ र’ टिमको अर्को म्युजिकल फिल्म ‘तिनपाते’ (भिडियो)

नेपालखबर
साउन २१, २०७७ बुधबार १५:४७,

आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तिनपाते बोलको गीत लिएर दर्शकश्रोता सामु आएको छ। तिन पाते एउटा प्रेमको कथा हो जहाँ ग्रामिण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा लुकेको छ।

पूर्वी नेपालको छुर्पी, नौनी, दुध अनि गोठ देखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केही गर्ने दुविधालाई चिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मनछुने कथा दुवै पस्किएको छ। संभवत नेपाली म्यूजीकल भिडियोको इतिहासमा नै यो एउटा यस्तो म्यूजिक भिडियो हो जस्मा मध्यान्तरको कन्सेप्ट राखिएको छ भने शालिन अनि सम्झनायोग्य पल अनि दृश्यहरुलाई अटाउँदै यस भिडियोले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ।

यसमा शब्द हर्क साउद, संगीत सुजन चापागाईं, स्वर सुजन चापागाईं अनि विद्या तिवारीको रहेको छ। गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन्। गीतको छायांकन अनिश स्याङ्गदेनले गरेका हुन् भने रंग संयोजनर ग्राफिक्स दिनसन शाहले गरेका हुन्। गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।

चियाको वगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्क, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तिन पाते स्वरुपमा देखाइएको छ, रसरंग अनि सम्झनालाई तिनपातेसँग जोडिदिएको यस गीतको लयले ग्रामिण नेपालको टपक्क टिपेको भाकाहरुलाई प्रतिनिधित्व गर्दछ।

गीतका नेपाली परिवेशका शव्दहरुलाई विश्वजगतमा चिनाउने कसरत स्वरुप शव्दहरुको अंग्रेजी रुपान्तरण अनि परिपेक्ष्यकरण लेखक अनि सांस्कृतिक अन्वेषक सुयोग ढकालले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .