ad ad

राजनीति


ओली–प्रचण्ड वार्ता सकियो

ओली–प्रचण्ड वार्ता सकियो

नेपालखबर
साउन ४, २०७७ आइतबार १३:२८,

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको बैठक सकिएको छ।

आइतबार बिहान आफूनिकटका नेताहरुसँग ओलीसँग कुनै सहमति नभएको प्रष्टीकरण दिएका प्रचण्ड अपरान्ह ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

‘दुई अध्यक्षबीचको बैठक सकिएको छ,’ प्रचण्डको सचिवालयका विष्णु सापकोटाले नेपालखबरसँग भने।

उनका अनुसार दुई अध्यक्षबीच पार्टीमा पछिल्लो समय देखिएको विवाद र गतिरोध अन्त्य गर्नेबारे छलफल भएको हो।

शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो।

आइतबार बिहानै प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका १४ जना प्रभावशाली नेतासँग पनि छलफल गरेका थिए।

नेकपाको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

याे पनि: खनाल र नेपाललाई आश्वस्त पारेर प्रचण्ड बालुवाटारमा

नेताहरुको शंका मेटाउन यस्तो रह्यो दिनभर प्रचण्डको व्यस्तता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .