ad ad

राजनीति


संसदीय समितिको निस्कर्ष : रुकुम पश्चिम हत्याकाण्ड संगठित र सुनियोजित

संसदीय समितिको निस्कर्ष : रुकुम पश्चिम हत्याकाण्ड संगठित र सुनियोजित

नेपालखबर
असार ३०, २०७७ मंगलबार १२:२२,

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले प्रतिवदेन बुझाएको छ।

समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख अग्नि सापकोटालाई सो प्रतिवेदन मंगलबार बुझाएका हुन्।

छानविन समितिले उक्त घटनालाई संगठित, सुनियोजित र विभत्स हत्या भनेको छ। समितिले १९ बुँदे निस्कर्ष र २४ बुँदे सिफारिस सभामुखलाई बुझाएको छ।

समितिका सदस्य सांसद प्रकाश रसाइलीले सो हत्याकाण्डका बेला पर्याप्त सावधानी र सुरक्षा नअपनाइएको, पोष्टमार्टममा पनि लापरबाही भएको, अनुसन्धान परम्परागत शैलीमा भएको र पीडितको पनि त्यसप्रति गुनासो रहेको लगायत निस्कर्ष निकालेको छ।

समितिले जातीय छुवाछुत अन्त्यका लागि अझै पर्याप्त कानुन निर्माण गर्नुपर्ने, पीडितका परिवारलाई राहत दिनुपर्ने, पीडितका बालबच्चाको शिक्षा, स्वास्थ्य रोजगारीको लागि राज्यले सिफारिस गर्नुपर्ने, उनीहरुको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने लगायत सिफारिस गरेको छ।

DebendraPaudel dalit report

गत जेठमा, रुकुममा दलित युवा र गैरदलित युवतीबीच प्रेम विवाहको विषयमा विवाद भई युवतीपक्षले आक्रमण गरी ६ जना युवाको निर्मम हत्या गरेका थिए।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकले घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउन भनिएको थियो।

प्रहरीले घटनाको छुट्टै अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्नलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

Speaker dalit report 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .