परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग अहिले रहेका विवाद सुल्झाउन कुटनीतिक वार्ता गर्नुपर्छ, गर्न सकिन्छ र गरिन्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
‘भारतसँग रहेका विवादहरु वार्ताबाटै सुल्झाउनुपर्छ भन्ने मान्यता, विश्वास र बाटो तीनै कुरामा कुनै अन्यौल छैन,’ परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रिय सभाको सोमबारको बैठकमा बताए,
‘कहिलेकाहिँ समय लाग्छ। मिडिया लगायत बाहिरबाट वातावरणलाई उत्तेजित पार्ने प्रयास भएपनि त्यसबाट प्रभावित नभईकन वार्ताबाटै विवाद सल्टाइनेछ।’
यो विवादले दुई देशबीचका समग्र आयामहरुलाई प्रभावित हुनुहुँदैन भन्नेमा सरकार सजग रहेको र सबैपक्षबाट त्यस्तो सजगता हुनुपर्ने मन्त्री ज्ञवालीले बताए।
प्रतिक्रिया