ad ad

राजनीति


लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित

लिम्पियाधुरासहितको नक्सा निशान छापमा राख्ने विधेयक राष्ट्रिय सभामा पनि सर्वसम्मत पारित

नेपालखबर
असार ४, २०७७ बिहिबार ७:२५,

लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि सर्वसम्मतिले पारित भएको छ।

यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले पारित भएको थियो।

बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकाेमा सबैले साे बिधेयककाे पक्षमा मत दिएका हुन्।

राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकाेमा रिक्त एक सिटमा मनाेनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएकाे अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ।

योसँगै संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित भएको छ।

यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मतिले पारित गरेको थियो।

सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्।

याे पनि: शनिबार पारित संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश गरियाे, कार्यान्वयनमा आउन पुरा गर्नुपर्नेछ यी १२ प्रक्रिया

निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .