ad ad

राजनीति


हवाइमा सम्पन्न अमेरिका र चीनबीचको वार्ता सकारात्मक, सम्पर्क जारी राख्ने प्रतिबद्धता

हवाइमा सम्पन्न अमेरिका र चीनबीचको वार्ता सकारात्मक, सम्पर्क जारी राख्ने प्रतिबद्धता

नेपालखबर
असार ४, २०७७ बिहिबार ७:४७,

कोभिड–१९ र ताइवानको विषयमा तनाव बढिरहेका बेला चीन र अमेरिकाका उच्च कुटनीज्ञबीच वार्ता भएको हो।

चिनियाँ पक्षबाट स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य याङ जेइची वार्तामा सहभागी थिएभने अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पेम्पियो बैठकमा सहभागी थिए।

सिन्ह्वाका अनुसार दुवै पक्षले आ–आफ्ना अडानहरु राखेका थिए। दुवै देशले वार्ता रचनात्मक र उपलब्धिमूलक भएको ठानेका छन्।

दुई देशको सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्ने तथा दुवै देशले सम्पर्क र संचारलाई पनि जारी राख्ने उक्त वार्तामा सहमति भएको जनाइएको छ।

अमेरिका र चीनबीच सन् २०१८ यता व्यापार युद्ध जारी छ। साथै हालै चीन र अमेरिकाबीच कोभिड–१९, ताइवान, हङकङ, जोर्ज फ्लोएड मृत्यु प्रकरणको विषयमा विवाद बढेको छ।

अमेरिकाले कोरोना भाइरसको प्रभावबारे चीनले सुरुवातमै जानकारी नदिएका कारण यसको प्रभाव अमेरिकासँगै विश्वभर परेको आरोप लगाएको छ। चीनले आफूले चाँडै सूचना दिएपनि अमेरिकाले वेवास्ता गरेको प्रतिक्रिया दिँदै आएको छ।

चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानुनको पनि अमेरिकाले विरोध गरेको थियो। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। त्यसपछि अमेरिकाले हङकङमा आर्थिक लगानी नगर्ने बताएको छ।

चीनले ताइवान आफ्नो आन्तरिक मामिला भएको बताउँदै त्यस विषयमा नबोल्न अमेरिकालाई चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मूलुक भएको र चीनले प्रस्ताव गरेको ‘एक देश दुई प्रणाली’ नमान्ने बताइरहेको छ।

चीनले शक्ति प्रयोग गरेरै ताइवान आफ्नो बनाउने बताइरहँदा अमेरिकाले चीनको विरोध गरेको छ।

यी सबै विषमया जेइची र पोम्पियोबीच सकारात्मक कुरा भएको अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .