ad ad

राजनीति


भारत नेपाललाई असल मित्र मान्ने हो भने काँगडासम्मको जमिन फिर्ता गरिदिनुपर्छ : सांसद शर्मा

भारत नेपाललाई असल मित्र मान्ने हो भने काँगडासम्मको जमिन फिर्ता गरिदिनुपर्छ : सांसद शर्मा

नेपालखबर
असार ४, २०७७ बिहिबार ७:९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन्। उनले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए।

उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सीमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए। उनले नेपालको भूमिमा बसेको भारतीय सेनासमेत तत्काल फिर्ता गर्नुपर्ने बताए।

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए। ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौंमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन एक ढिक्का छन भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ, यो निरन्तर कायम रहने छ’, हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ भन्ने विश्वास मैले लिएको छ्ु।’

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए। उनले भरतले नेपालसँग रोटी र बेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काँगडासमेत फिर्ता दिनुपर्ने बताए। ‘भारतले हामीलाई असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो काँगडासम्मको जमिन लिनुस् भनेर सगौरव फिर्ता गरिदिनुपर्छ’, उनले भने।

१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपाले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताए। १८१६ मा भएको सुगौली सन्धिको धारा ५ को ५ नम्बर बुुँदामा महाकाली पश्चिम नेपाल नआउने भनेको र पूर्वमा भारत नआउने उल्लेखे भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .