ad ad

राजनीति


वार्ता गर्ने नेपालकाे प्रस्ताव नसुनेका कारण यो परिस्थिति आइपर्‍यो : भारतीय नेता करण सिंह

वार्ता गर्ने नेपालकाे प्रस्ताव नसुनेका कारण यो परिस्थिति आइपर्‍यो : भारतीय नेता करण सिंह

नेपालखबर
असार १, २०७७ सोमबार १४:२८,

भारतीय कांग्रेस आईका नेता करण सिंहले नेपालसँगको सीमा विवादलाई भारतीय पक्षबाट गम्भीर रुपमा नलिँदा समस्याले जटिल रुप लिएको बताएका छन्।

‘मैले यो कुरा थप्नै पर्छ कि हामीले परिस्थितिलाई यसरी बिग्रन दिनु हुँदैनथ्यो। लामो समयदेखि थाँती रहेको यो विवादकाे विषय मैले सम्झेसम्म नेपालले गतवर्ष नोभेम्बरमा उठाएको थियो,’ उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामीले तुरुन्तै परराष्ट्र सचिव स्तरमा वार्ता सुरु गरिहाल्नु पर्थ्याे र आवश्यक परे परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि कुरा गर्नुपर्थ्याे।’

सरसर्ती हेर्दा, यस विषयमा गम्भीर कुटनीतिक कमजोरी भएको देखिन्छ र त्यसको परिणाम अहिले हामीसामु छ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारतसँग पछि फर्किनै नमिल्ने र मुठभेडको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन्। दुई देशबीचको शदियौंदेखिको अनुपम सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्ध हुँदाहुँदै पनि यो अवस्थामा पुर्‍याएको देख्दा आफूलाई अत्यन्त दुःख लागेको उनले बताएका छन्।

यसका कारण भारतलाई जेजस्तो असर परेपनि, नेपाल र नेपाली जनतालाई पनि यसको सकारात्मक प्रभाव नपर्ने उनले बताएका छन्।

नेपालसँग धेरै दशकदेखि व्यक्तिगत र राजनीतिक रुपमा समेत निकटरुपमा जोडिएको व्यक्ति भएको हुँदा अहिलेको अवस्थाले आफूलाई निकै दुःखी बनाएको उनले बताएका छन्।

भारतले नेपाली भूमि लिपुलेकबाट सडक निर्माण गरेपछि बिग्रेकाे नेपाल-भारत सम्बन्ध केहि दिनपहिले नेपालले भारतद्वारा अतिक्रमित क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि अहिले दुवै पक्षबीच तिक्तता बढेकाे छ।

एक अब्बल कुटनीतिज्ञ मानिने उनी काश्मिरका अन्तिम युवराज हुन्।

नेपालमा २०६२–६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतले नेपालका राजनीतिक दल र राजा ज्ञानेन्द्रसँग सहमति गर्न पनि भारतका सिंहलाई दूतको रुपमा पठाएको थियो।

तर, उनीमार्फत् पठाएको भारतीय प्रस्तावलाई दलहरुले अस्वीकार गर्दै आन्दोलन जारी राखेका थिए। त्यसपछि राजाले अधिकार छाडेका थिए।

याे पनि: 
लिपुलेकमा सडक उद्घाटन गर्ने राजनाथ सिंह भन्छन् : नेपाल–भारत सम्बन्ध कसैले तोड्न सक्दैन (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .