ad ad

राजनीति


बालुवाटारमा प्रदर्शनपछि गृहको चेतावनीपूर्ण विज्ञप्तिः हुल जम्मा गरे कारबाही

बालुवाटारमा प्रदर्शनपछि गृहको चेतावनीपूर्ण विज्ञप्तिः हुल जम्मा गरे कारबाही

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:५९,

गृह मन्त्रालयले पछिल्लो समय विरोध प्रदर्शन हुन थालेपछि प्रदर्शनकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ। कोरोना संक्रमणको जोखिमका कारण देश लकडाउनमा भएका बेला विभिन्न बहानामा विरोधका कार्यक्रम हुन थालेको भन्दै नियन्त्रण गर्ने गृहले बिहीबार विज्ञप्तिमार्फत चेतावनी दिएको हो।

‘केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

२०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दाबन्दी कायमै रहेको भन्दै हुलहुज्जत नगर्न गृहले चेतावनी दिएको छ।

आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु गरेको प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले ६०० सम्म जरिवाना र ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .