प्रहरीबाटै एक अश्वेत नागरिकको हत्या भएपछि देशमा जारी रंगभेदविरुद्ध आन्दोलन दबाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चमा गएपछि त्यहाँका पादरीले उनको गम्भीर आलोचना गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी स्थानीय समयअनुसार सोमबार साँझ (नेपाली समयअनुसार मंगलबार बिहान) राष्ट्रपति कार्यालयनजिकै रहेको क्याथोलिक चर्चमा गएर तस्बिर खिचाएका थिए। त्यसका लागि ट्रम्पले त्यस क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई प्रहरी लगाएर हटाएका थिए।
यसरी शक्तिको दुरुपयोग गरेर नागरिकलाई दबाउँदै धार्मिक कार्यमा सहभागी हुनु धर्मकै उल्लंघन गर्नु हो भन्दै सेन्ट जोन पल द्वितीय नेसनल सरिनका प्रमुख पादरी विल्टन डी ग्रेगोरीले प्रेस विज्ञप्ति नै जारी गरेर अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन्।
उनले विज्ञप्तिमा राष्ट्रपतिको कार्य निन्दनीय र विस्मयकारी भएको टिप्पणी गरेका छन्।
याे पनि: जर्ज फ्लोइडको हत्या नै भएको होः आधिकारिक पोस्टमार्टम रिपोर्ट
प्रतिक्रिया