ad ad

राजनीति


सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने बिन्दूहरु, कुन कुन हुन् २० नाका? (भिडियाे)

सरकारले तोक्यो भारतबाट प्रवेश गर्ने बिन्दूहरु, कुन कुन हुन् २० नाका? (भिडियाे)

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ११:५३,

सरकारले लकडाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई २० नाका तोकेको छ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले २० वटा नाका तोकेको हो।

जसमा पशुपतिनगर(इलाम), काकडभिट्टा(झापा), रानी(मोरङ), कुनौली(सप्तरी), ठाडी(सिराहा), माडर(सिराहा), भिट्टामोड(महोत्तरी), मंगलवा (सर्लाही), गौर(रौतहट), वीरगञ्ज(पर्सा), महेशपुर(बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर(बर्दिया), गौरीफन्टा  (कैलाली), गड्डाचौकी(कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला रहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

‘यो नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने छ,’ सचिव बिडारीले भने।

सरकारले भारत हुँदै तेस्रो देशको नागरिकलाई नेपाल प्रवेश गर्न लकडाउन सुरु हुनुअघि देखि नै रोकिरहेको छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .