स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभित्र विदेशबाट आएका सबैलाई कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आह्वान गरेको छ।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले चैत महिनाभित्र विदेशबाट आएका सबैलाई र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) मा सहभागी भई कोरोना परीक्षण गराउन अपिल गरेको हो।
यसैगरी कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका, कोरोनाका लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएका, १४ दिनभन्दा बढी क्वारेन्टिनमा बसेका, कोभिड-१९ को उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबेलाई आरडीटी टेस्ट गराउन मन्त्रालयले आग्रह गरेको छ।
हेर्नुहाेस्, स्वास्थ्य मन्त्रालयले जारी गरेकाे सूचना:
याे पनि:
स्वास्थ्य मन्त्रालय भन्छः र्यापिड टेस्ट नेगेटिभ आउनु कोरोना नभएकाे प्रमाण होइन
प्रतिक्रिया