कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय युवाहरुले टोल प्रवेश निषेध अभियान सुरु गरेका छन्। भीमदत्त नगरपालिका–१८ सुर्योदय टोलबाट स्थानीय युवाहरु संगठित भएर टोल प्रवेश निषेध अभियान सुरु गरेका हुन।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलिन नदिन देश लकडाउनमा छ। लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न भीमदत्त नगरपालिकाको टोल–टोलमा प्रवेश निषेध अभियान सुरु गरिएको अभियन्ता एवम् सुदुरपश्चिम प्रदेश युवा सञ्जालका अध्यक्ष बाशुदेव भट्टले जानकारी दिए।
उनका अनुसार अभियान भीमदत्त नगरपालिकाका १९ वटै वडाहरुमा लागु गरिने छ। बिहीबार भीमदत्त नगरपालिका–१८ सुर्योदय टोल र जनज्योती टोलबाट अभियान सुरु गरिएको हो।
प्रतिक्रिया