प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ।
चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित संक्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
कोरोना भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ। सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्को बैठक चैत २३ गते बस्नेगरी निर्धारण गरेको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ। रासस
3
Shares
प्रतिक्रिया