प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सार्क आपतकालीन कोषमा १० करोड रुपियाँ योगदान पुर्याउने भनेर गरेकाे घोषणाकाे भारतीय समकक्षी नरेन्द्र मोदीले प्रशंसा गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सार्क आपतकालीन कोषमा नेपाल सरकारले सो योगदान प्रदान गर्ने घोषणा गरेका हुन्।
त्यसको केही घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी ओलीको प्रशंसा गरेका हुन्।
‘कोभिड-१९ आपतकालीन कोषमा नेपाली रुपियाँ १० करोड योगदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाको गहिरो प्रशंसा गर्दछु,’ मोदीले भनेका छन्, ‘यसबाट माहामारीविरुद्ध सार्क राष्ट्रहरुको सामूहिक लडाइँमा ओलीजीको प्रतिबद्धता र सहयोग झल्किन्छ।’
मोदीले गत चैत २ गते कोरोना संक्रमणबाट सिर्जित परिस्थितिको सामना गर्नेबारे दक्षिण एसियाली राष्ट्रहरुको सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्सको संयोजन गरेका थिए।
सोही कन्फ्रेन्समा उनले कोभिड-१९ सार्क आपतकालिन कोष स्थापना गर्ने प्रस्ताव गर्दै त्यसमा भारत सरकारले १ करोड डलर प्रदान गर्ने घोषणा समेत गरेका थिए।
प्रधानमन्त्री ओलीले सोही कन्फ्रेन्समा नेपालले पनि उचित योगदान दिने वचन दिएका थिए।
Deeply appreciate PM @kpsharmaoli’s announcement of contribution of NPR 10 crores to the COVID-19 Emergency Fund. It reflects Oli Ji’s commitment and support to the collective fight of SAARC countries against the pandemic.
— Narendra Modi (@narendramodi) March 20, 2020याे पनि:
सार्कमा कोरोना रोकथामका लागि मोदीद्वारा एक करोड डलरको कोष घोषणा
प्रधानमन्त्री ओलीले भनेः सार्क राष्ट्रसँग मिलेर कोरोनाविरुद्ध लड्न नेपाल तयार छ
प्रतिक्रिया