ad ad

राजनीति


शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८१ बुधबार ११:१८, काठमाडौँ

राष्ट्रिय शिक्षा दिवस आज देशैभरी विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। शिक्षा दिवसका अवसरमा आर्मी अफिसर्स क्लव भद्रकालीमा आज विशेष कार्यक्रम हुँदैछ। जुन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुने उनको सचिवालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका असमानता हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शिक्षा दिवस २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै उनले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्न आफू नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताएका हुन्। 

उनले शिक्षाको बजेट वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेकोमा ओलीले जोड दिएका छन्। 

‘लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्न आवश्यक छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ण्ज्ञघघसन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारणर प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनुका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्छ।’

यसवर्ष शिक्षा दिवसको नारा  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने तय भएको छ। 

हेर्नुहाेस् प्रधानमन्त्रीकाे शुभकामना सन्देश

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .