ad ad

राजनीति


मिस नेपाल आश्मा केसीसहित २० युवा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत (नामावली)

मिस नेपाल आश्मा केसीसहित २० युवा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत (नामावली)

मिस नेपाल २०२४ कि विजेता आश्माकुमारी केसी, जो राप्रपा केन्द्रीय सदस्यमा मनोनीत भइन्।


नेपालखबर
असोज २, २०८१ बुधबार ७:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ। 

नवीन राप्रपा कार्ययोजनाअनुसार २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो। जसमा १० जना पुरुष र १० जना महिला छन्। 

पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन्। 

त्यसैगरी महिलातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि केन्द्रीय सदस्यमा छनोट भएका छन्।

आश्माकुमारी केसी मिस नेपाल वर्ल्ड २०२४ कि विजेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .