भारतको नयाँ दिल्लीमा भएको साम्प्रदायिक हिंसामा मारिनेहरुको परिवारलाई १०–१० लाख भारतीय रुपैयाँ राहत दिने मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा गरेका छन्।
उनले घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्य सरकारले बेहोर्ने र घाइते हुनेहरुलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिइने बताए।
आगजनीमा कागजात गुमाएहरुको कागजात बनाउन विशेष शिविर राखिने पनि उनको भनाइ थियो।
तीन दिने दिल्ली दंगामा कम्तीमा ३३ जनाको ज्यान गएको थियो भने झण्डै दुई सय घाइते भएका थिए। एजेन्सी
प्रतिक्रिया