ad ad

राजनीति


स्थानीय तहका पदाधिकारीले सुविधा पाउने

स्थानीय तहका पदाधिकारीले सुविधा पाउने

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १५:१९,

वाग्मती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ।

स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई वाग्मती प्रदेश सरकारले ऐन संशोधन गरेर भत्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी गरेको वाग्मती प्रदेश सरकारले जनाएको छ।

आज बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। प्रदेशकोे १३ जिल्लाका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेको छ। पहिले वाग्मती प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई तलब भनेर कानून बनाएर दिए पनि अब भने भत्ताका रुपमा मात्र सुविधा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।

उनका अनुसार सर्वोच्च अदालतले ६ वटा प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउँदै आएको तलब लिन नपाउने फैसला गरेपछि रोकिएको सुविधा अब वाग्मती प्रदेशका पधाधिकारी तथा सदस्यले पाउने भएका छन्। प्रदेशसभामा यो ऐन संशोधन भएपछि स्थानीय तहका जनप्रतिनिधिले सुविधा प्राप्त गर्नेछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको स्थानीय तहका पधाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न लागिएको बताइएको छ।

विभिन्न शीर्षक दिएर प्रदेशको जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई सुविधा दिन लागिएको जनाइएको छ। यसैगरी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको सेठघर हात्तीसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .