ad ad

राजनीति


सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि बालुवाटारमा ओली–प्रचण्ड छलफल

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएपछि बालुवाटारमा ओली–प्रचण्ड छलफल

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ५:५९,

सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो। अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच एक घण्टादेखि बालुवाटारमा छलफल भइरहेको बताए।

बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो। सो अडियो सार्वजनिक भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको थियो।

कमिसनको अडियो र सञ्चारमन्त्रीको राजीनामाका विषयमा छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको बालुवाटारनिकट स्रोतले जनाएको छ।

सम्बन्धित समाचार : के छ सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको त्यो अडियोमा? (जस्ताको तस्तै) 

अडियो प्रकरणमा कांग्रेस बोल्यो: सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान अघि बढाइयोस् 

७० करोड कमिसन मागेको अडियोबारे यसाे भन्छन् सञ्चारमन्त्री बाँस्कोटा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .