ad ad

राजनीति


सञ्चारमन्त्रीलाई तुरुन्त बर्खास्त गर्न साझा पार्टीको माग

सञ्चारमन्त्रीलाई तुरुन्त बर्खास्त गर्न साझा पार्टीको माग

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ६:३४,

साझा पार्टीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ।

बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो।सोही प्रकरणलाई लिएर साझा पार्टीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो।

साझाका प्रवक्ता डा सूर्यराज आचार्यले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै बर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेका छन्।

दुई तिहाइको सरकाले भ्रष्टाचारको महामारीलाई रोक्न कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै ‍हर दिन आम जनताले ठूलठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनुपर्ने अवस्था नेपालीहरूको नियति बनिसकेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै साझाले जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रीयकरण गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .