ad ad

राजनीति


अन्तिम मतदाता नामावली : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए

अन्तिम मतदाता नामावली : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १४:१३, काठमाडौँ

निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालित ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी प्रकाशन गरिएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ को निर्वाचनमा इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ र बझाङ क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ११० मतदाता रहेका बताए। 

उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भएर १ लाख १५ हजार ८८९ कायम भएका छन् छ।

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ६३८ जना थप भएर ६१ हजार ७४८ जना कायम भएका छन्।

स्वीकृत मतदाता नामावली अनुसार २०८१ वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्नेमध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ सहित १ करोड ८० लाख ८८ हजार ९८३ मतदाता कायम भएका छन्।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ छन्। जहाँ महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ जनासहित जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन्। 

सबैभन्दा कम मतदाता मनाङमा छन्। जहाँ महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ सहित ६ हजार ८४९ कायम भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .