नुवाकोटको बेलकोटगढी नगरपालिकाले आफ्नाविरुद्ध फेसबुकमा स्टाटस लेख्ने एकजना नगरवासीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन अल्टिमेटम दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले पत्र लेखी बेलकोटगढी-९ निवासी नेतनाथ गजुरेललाई प्रमाणसहित नगर कार्यपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।
गजुरेलले फेसबुकमा ‘बेलकोटगढी शिक्षक सरुवाको निष्पक्ष छानबिन होस्, आजसम्म भएको र लगत हुन लागेको सरुवा लेनदेन केन्द्रित छ। खबरदारी गरौँ’ भनी लेखेका थिए।
सोही विषयमा स्पष्टीकरण दिन नगरपालिकाले बुधबार पत्र लेख्दै उनलाई पत्र पाएको ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो।
‘प्रस्तुत विषयमा तपाईंले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको ‘बेलकोटगढी शिक्षक सरुवाको निष्पक्ष छानबिन होस्। आजसम्म भएको र लगत हुन लागेको सरुवा लेनदेन केन्द्रित छ। खबरदारी गरौँ’ भन्ने स्ट्याटसप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोले पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र प्रमाणसहित उपस्थित भई दिनु हुन अनुरोध छ’, पत्रमा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनबमोजिम भइजाने व्यहोरा अवगत गराइन्छ।’
हेर्नुहोस् पत्र-
Shares
प्रतिक्रिया