महालेखा परीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस भएका छन्।
आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले नेपालखबरलाई जानकारी दिए।
हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन्।
संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।
एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलोपटक परिषद्को बैठक बसेको थियो।
बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसहित सदस्यहरू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरणसँगै शक्ति संरचना पनि फेरिएको छ।
Shares
प्रतिक्रिया