काठमाडौँमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ।
कालिमाटीस्थित प्रहरी वृत्तका प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार सोल्टीमोडमा शनिबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी लक्ष्मी तामाङको मृत्यु भएको हो।
तामाङ धादिङ घर भई हाल कालिमाटीमा बस्थिन्।
उनलाई शनिबार बिहान बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
गम्भीर घाइते उनको उपचारका क्रममा ट्रमा सेन्टरमा गएराति निधन भएको प्रहरी निरीक्षक फुँयालले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकलका चालक सुजल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
2.3k
Shares
प्रतिक्रिया