ad ad

राजनीति


कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर १७, २०८० आइतबार १८:३९, काठमाडौँ

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण गरेका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरे।

१४–१६ मंसिरमा भएको सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए।

त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए। 

आइतबार उनको संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटेरेससँग पनि भेट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .