ad ad

राजनीति


मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा मेरो दिमागमै आएको छैन : प्रधानमन्त्री

मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा मेरो दिमागमै आएको छैन : प्रधानमन्त्री

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर १७, २०८० आइतबार १९:८, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको हल्लामात्रै भएको दाबी गरेका छन्। 

कोप–२८ मा सहभागी भएर आइतबार साँझ काठमाडौँ आइपुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्। 

‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’

प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ।

सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको स्रोतले बताएको छ।

कांग्रेसले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार पुनर्गठन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। त्यसो गर्दा अहिलेका मन्त्रीहरूले थप एक महिना काम गर्न पाउनेछन्।

त्यही आधारमा पुस दोस्रो हप्तादेखि माघभित्र प्रचण्डले नयाँ मन्त्री नियुक्त गर्ने सत्तारुढ दलका नेताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .