ad ad

राजनीति


अग्नि सापकोटा सभामुख निर्वाचित

अग्नि सापकोटा सभामुख निर्वाचित

नेपालखबर
माघ १२, २०७६ आइतबार १०:४,

प्रतिनिधिसभाको रिक्त सभामुखमा नेकपाका उम्मेदवार अग्नि सापकोटा निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो।

बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका थिए।

त्यसअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गरेका थिए भने सो प्रस्तावको समर्थनमा नेकपाकै देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ग्रेसका डा‍. मीनेन्द्रप्रसाद रिजालले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिएका थिए। आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको भन्ने कुरा सत्य नभएको उनको भनाइ थियो।

ज्येष्ठ सदस्य ठाकुरले बैठकमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिएका थिए।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएकी थिइन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत महिलामाथिको यौन दुव्र्यवहार आरोप लागेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .