ad ad

राजनीति


अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने, सुनुवाइ सर्‍यो

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने, सुनुवाइ सर्‍यो

नेपालखबर
माघ १२, २०७६ आइतबार ५:५९,

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएको छ।

 सापकोटाको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा राखिएको थियो। तर, फुँयालले सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि नै कानुन व्यवसायीका रूपमा बहस गरेका उनले हेर्न नमिल्ने भएको हो।

फुँयालले मुद्दा हेर्न नमिल्ने भएपछि यसको सुनुवाई मिति समेत सरेको छ।

सर्वोच्च अदालतका अनुसार अब प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले तोकेपछि मात्रै सुनुवाईको मिति तय हुनेछ।

आजको लागि तोकेको सुनुवाई सरेपछि उपयुक्त समयमा सुनुवाई गर्न छुट्टै न्यायाधीश पनि तोकिने छ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ।

२०६२ साल बैशाख १६ गते काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयविरुद्ध त्रिपाठीले मुद्दा दायर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .