ad ad

खेल


चेल्सी र युनाइटेडको अफर अस्वीकार गरेका काभानी एथ्लेटिको जाने

चेल्सी र युनाइटेडको अफर अस्वीकार गरेका काभानी एथ्लेटिको जाने

नेपालखबर
माघ १२, २०७६ आइतबार ६:२,

मड्रिडसँग काभानीको मौखिम सहमति भइसकेको र अर्को हप्ता अन्तिम सहमति हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आउँदो सोमबार मड्रिडले ३२ वर्षीय उरुग्वेका स्टार काभानीका लागि अन्तिम प्रस्ताव पेश गर्ने छ। गोल डटकमले सम्पूर्ण प्रक्रियाहरु अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ।

पेरिस सेन्ट जर्मेन छाड्ने संकेत गरेपछि काभानीलाई भित्र्याउन म्यानचेस्टर यूनाइटेड, चेल्सी र एथलेटिको मड्रिडबीच प्रतिस्पर्धा भएको थियो।

चेल्सीले काभानीलाई राम्रो अफर गरिरहेको थियो। त्यहीबीच पछिल्लो समय म्यानचेस्टरले पनि काभानीलाई भित्र्याउन आन्तरिक तयारी तिव्र पारेको थियो। तर परिवारबाट उनलाई एथ्लेटिको मड्रिडमा जान सल्लाह आएपछि उनी एथ्लेटिको जाने निर्णयमा पुगेका हुन्।

उरुग्वेका स्टार काभानीको यस सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता सकिदैँछ। परिवारले मड्रिड जान सल्लाह दिएपनि उनको भ्यालुएसन अनुसार १२.६ मिलियन पाउण्ड तिर्न चेल्सी तयार देखिएको थियो।

म्यानचेस्टर पनि क्लबमा उनको वजनअनुसारको स्थान र पैसा दिने भन्दै रेसमा आएको थियो। गत जनवरीमा इर्लिङ हालान्डलाई भित्र्याउन नसकेपछि काभानी म्यानचेस्टरको पहिलो प्राथमिकतामा परेका थिए।

तर चेल्सी र म्यानचेस्टरको प्रस्ताव अस्वीकार गर्दै काभानीले परिवारको चाहना अनुसार मड्रिड रोजे।

काभानीले ५७७ क्लबका खेलहरु खेल्दै ३५१ गोल गरिसकेँ। उरुग्वेका लागि उनले ११६ खेल खेल्दै ५० गोल गरेका छन्।

काभानीको बढ्दो उमेर र चोटका कारण भने क्लबहरु चिन्तित हुने गर्छन्। अर्को महिना ३३ वर्ष पुग्ने काभानीले यस सिजन चोटका कारण जम्मा १४ खेल मात्रै खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .