ad ad

कारोबार


कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक घटे

कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक घटे

वाशुदेव मिश्र
माघ १२, २०७६ आइतबार ६:३७,

गएको असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरे।

भ्रमणको क्रममा उनले आफ्नो देशका नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्ने प्रतिवद्धता जनाए। गएको कार्तिकमा चिनियाँ अभिनेतृ स्वी छिङ नेपाल आइन्।

उनलाई पर्यटन मन्त्रालयले नेपालको सद्भावना पर्यटनदूत नै घोषणा गर्‍यो। उनी अन्नपूर्ण बेसक्याप पनि पुगिन्। फेवातालमा डुंगा चढिन। नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले पोखरा भ्रमणको बेला यहाँका मेयर मानबहादुर जिसीसँग सन् २०२० मा चिनियाँ पर्यटकको संख्या बढ्ने बताइन्।

राजदूतको भनाइपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित बने। चिनियाँ नयाँ वर्षकै छेकोमा यही माघमा पोखराका होटलहरु खचाखच हुने उनीहरुले अनुमान लगाए। अघिल्लो वर्ष यही महिनामा धेरै चिनियाँले पोखरा भ्रमण गरेकाले उनीहरुको अनुमान गलत पनि थिएन। राष्ट्रपतिले नै नेपाल भ्रमण वर्षको प्रबद्र्धनका्े आश्वासन दिएका पनि थिए। तर, ‘आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’जस्तो भयो।

नयाँवर्षकै बेला चीनमा कोरोना भाइरस फैलियो । कोरोना भाइरसकै कारण धेरै चिनियाँहरुले आफ्नो भ्रमण तालिका परिवर्तन गरे। यसको असर नेपाल भ्रमण वर्ष मनाइरहेको नेपालमा पनि प¥यो। ‘हो यो सिजनमा सबैभन्दा बढी चिनियाँ आउँथे, हिजो नेपालमा पनि कोरोना भाइरस फैलिएको खबर आएपछि मेरोमात्रै ७–८ वटा ग्रुप क्यान्सल भयो’ एनछओ एडभेञ्चरका संचालक खेम नेपालीले भने,‘ भाइरसले त सोत्तर बनाइहाल्यो नि, बवार्द बनायो।’

उनका अनुसार एउटा समूहमा सामान्यतया ः१० जना हुन्छन्। उनका अनुसार अघिल्लो साता अन्नपूर्ण क्षेत्रमा आएको हिउँपहिरोका कारण पनि फाट्टफुट्ट बुकिङ रद्ध भएको थियो। त्यो बेला उनले अन्नपूर्ण बेसक्याम्प जानेहरुलाई मर्दी हिमाल र घोडेपानी क्षेत्रमा लगेर काम चलाएका थिए। तर, कोरोना नेपालमा पनि फैलिएको खबरपछि भने धमाधम बुकिङ रद्ध भइरहेको छ। चिनियाँहरु खचाखच देखिने लेकसाइड खालिजस्तो छ। बिदामा घुम्न निस्कने चिनियाँहरुले केही दिनअघिसम्म नेपाल सुरक्षित नै ठानेका थिए। तर, नेपालमा विद्यार्थीमा भाइरस देखिएको र यो बढ्ने क्रममा रहेको खबरपछि भने बुकिङ रद्दको क्रम बढ्दै गएको नेपालीले जनाए।

अर्का पर्यटन व्यवसायी विजय केसीले हिउँपहिरो र कोरोना भाइरसको त्रासले चिनियाँ पर्यटक कम आएपछि यसले नेपाल भ्रमण वर्षको लक्ष्यलाई समेत असर पु¥याउने अनुमान लगाए। ‘२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्ने हो भने नेपालले ८ लाखभन्दा बढी पर्यटक भित्र्याउनुपर्छ’, उनले भने, ‘यस्तै हुँदै गए त्यो त्यति सहज नहुनसक्छ।’ उनले हिउँपहिरोमा परेकाहरुको उद्दारमा देखिएको समस्याले पनि नेपालको पर्यटन क्षेत्रलाई असर पु¥याउने जिकिर गरे।

चिनियाँहरुको रोजाइको गन्तब्य हो पोखरा। पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापाका अनुसार उनीहरु समूहमा यात्रा गर्छन्। मन फुकाएर किनमेल गर्छन्। खानपान पनि मज्जाको गर्छन् अनि आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा रमाउँछन्। उनीहरु छोटो पदयात्रामा निस्कन्छन्। पोखरामा चिनियाँलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट गरी १७ वटाभन्दा बढी छन्। पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष हरि शर्माका अनुसार कोरोनाको असर होटलमा पनि देखिएको छ। ‘धेरै साथीहरुले बुकिङ रद्द भएको बताउनुभएको छ’, उनले भने,‘ चिनियाँ घुम्ने मुख्य समयमा यस्तो भएपछि कसको के लाग्छ?’

सन् २०१८ मा उत्तरी छिमेकी मुलुक चीनका १४ करोड ९० लाख पर्यटकले विश्वका विभिन्न मुलुक भ्रमण गरका थिए। भ्रमणमा उनीहरुले ३१५ खर्ब रुपैयाँ (२७७ बिलियन डलर) खर्च खर्चेका थिए। नेपालको दोस्रो ठूलो बजारमा देखिएको कोरोनाले पोखरालाई पनि प्रत्यक्ष असर पु¥याएको अर्का पर्यटन व्यवसायी दीपक अधिकारीले जानकारी दिए।

सन् २०१९ सबैभन्दा बढी नेपाल भ्रमण गर्न पहिलो देशमा छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११, अमेरिकाबाट ९३ हाजर १९६, बेलायतबाट ६१ हजार १३९, श्रीलंकाबाट ५५ हजार ८६९ र थाइल्यान्डबाट ४१ हजार ६५३ रहेको छ। सन् २०१८ भन्दा चिनियाँहरुको संख्या झिनो रुपले मात्र बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .