ad ad

समाज


चीनमा कोरोना भाइरस नियन्त्रण गर्न एचआइभीविरुद्धको औषधी प्रयोग

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न एचआइभीविरुद्धको औषधी प्रयोग

नेपालखबर
माघ १२, २०७६ आइतबार ६:३९,

कोरोना भाइरस तीव्र गतिमा फैलदै गएपछि केही अस्पतालमा एचआइभी भाइरसविरुद्धको औषधी प्रयोग गरिएको सरकारले घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बेइजिङको म्युनिसिपाल हेल्थ कमिसनले एक विज्ञप्ती जारी गर्दै भनेको छ,‘कोरोना भाइरसविरुद्ध प्रयोग गरिएको दुई औषधी एन्टीरिट्रोभाइरल्स हुन्, यो एचआइभीविरुद्ध पनि प्रयोग गरिन्छ।’

विज्ञप्तीमा एचआइभीविरुद्धको औषधी कोरोना भाइरस पीडितका लागि प्रभावकारी सावित भएको पनि दाबी गरिएको छ।

चीनको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरस हाल विश्वभर फैलन सुरु भएको छ।

चीनमा आइतबारसम्म यसको संक्रमणबाट ५६ जनाको मृत्यु भएको छ भने १९ सयभन्दा बढी बिरामी परेका छन्।

हाल चीनमा बेइजिङको दितान अस्पताल, योआन अस्पताल र जनमुक्ति सेना अस्पतालमा कोरोना पीडितहरुको उपचार भइरहेको छ।

स्वास प्रस्वासमा समस्या निम्त्याउने नयाँ भाइरस एसिया, अमेरिका, अस्ट्रेलिया र फ्रान्समा देखिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .